११ असार, काठमाडौं । उदयपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएकाे छ ।
त्रियुगा नगरपालिका-१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हाे ।
बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई बर्षासगै आएको चट्याङले लाग्दा उनी घाईते भएका थिए ।
जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।