१२ असार, काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका-७ पुर्व पश्चिम लोकमार्गमा बिहिवार राती ८ बजे भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियोले बिपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक फिदिमका ३८ बर्षीय गजेन्द्र कुमार गुरुङ र सोही मोटरसाईकलको पछाडी सवार रहेका झापाका ३३ बर्षिय लोकेन्द्र कुमार लिम्बु तथा उक्त स्कारपियो अनियन्त्रीत भई तत्काल नाम थर वतन नखुलेकी अन्दाजी ४०/४२ बर्षीया महिलालाई समेत ठक्कर दिंदा तिनै जना घाईते भएका थिए ।
घाईते भएका तिनै जनालाई उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा मोटरसाईकलको पछाडी सवार रहेका लिम्बु र नाम थर वतन नखुलेकी महिलाको बाटोमा नै मृत्यु भएको थियो ।
मोटरसाईकल चालक गुरुङलाई भने थप उपचारको लागी बिराटनगरको नोबेल अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको थियो ।
उक्त घटनाका स्कारपियो चालक तथा दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।