राहत वितरणमा निरन्तर खट्दै सांसद रोका

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभाकी नेकपा सांसद कमला रोकाले लकडाउनका कारण समस्यामा परेका आफ्ना क्षेत्रका मतदातालाई निरन्तर सहयोग गर्दै आएकी छिन् । उनले बिहीबार छैटौं चरणको राहत वितरण गरेकी छिन् । उनले काठमाडौंका विभिन्न ठाउँमा रहेका १ सय ३ परिवारलाई राहत वितरण गरेकी हुन् ।उनले अझैपनि आफू सक्रिय नै रहने बताएकी छिन् ।

आफूलाई जनताले धेरै विश्वास दिएर निर्वाचन जिताएकाले उनीहरुको दुःखमा सहयोग गर्नु र सुखमा रमाउनु आफ्नो कर्तव्य भएको उनको भनाई छ । उनले काठमाडौंमा मात्र होइन जिल्लामा पनि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काठमाडौं बसेर सक्दो पहल गर्दै आएकी छिन् । अलपत्र परेका मानिसलाई जिल्ला पठाउने काममा होस् वा जिल्लामा कोरोनासम्बन्धी सचेतना बाँड्न होस् उनी सधैं सक्रिय रहिन् । उनले पछिल्लो चरणमो काठमाडौंको नयाँ बसपार्क, गैरीगाउँ, रानीवन, बनस्थली आसपास बसोबास गर्ने रुकुम पूर्वका मानिसलाई राहत स्वरुप चामल उपलब्ध गराएकी हुन् । सरकारले लकडाउन खुकुलो पारेपनि नियमित कामकाजमा फर्किन नसकेकालाई आफूले सहयोग गरेको राहतस्वरुप चामल उपलब्ध गराएकी हुन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका म्यासाचियूसेटस राज्य कमिटी बोस्टनका अध्यक्ष प्रेम तामाङ, अमेरिकामा बसोबास गर्ने सुवास गोले, बिजय तामाङ, बुद्ध बज्र लामा, खुम गुरुङ (राजु), यदु अइतवल, सुनिल तामाङ, प्रविन कुमार तामाङ र प्रचण्ड श्रेष्ठको टोलीले ७० बोरा चामल उपलब्ध गराएका हुन् । प्रेम तामाङको पहलमा रुकुम पूर्वका जनताका निम्ति यो राहत उपलव्ध भएको हो । यस्तै, सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले ५ बोरा र युवा व्यवसायी सन्तोष चौहानले पनि ५ बोरा चामल उपलब्ध गराएका हुन् । पूर्वमन्त्री र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी उनले आफ्नो यो अभियानमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय