![](https://ilamkhabar.com/wp-content/uploads/2020/06/rendered.png)
१३ असार, प्युठान । जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको छ। ९ स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा सबैभन्दा पछि कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार साझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा झिम्रुक गाउँपालिकाका ७ जना, माण्डबी गाउँपालिकाका ३७ जना, र नौवहिनि गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लामा संक्रमितको कुल संख्या २५८ पुगेको छ।
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
![](https://ilamkhabar.com/wp-content/uploads/2023/09/parwati-add.jpg)
शुक्रबार साँझ मात्रै प्युठानमा थप ४७ जनामा कोरोना भेटिएको हो।
जसमा १७ वर्षदेखि ६० वर्ष उमेरसम्मका ४४ पुरुष र ३ जना महिलामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा धेरै जसो भारतबाट आएकामा कोरोना देखिएको हो।
प्युठानमा २ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्।
कुन स्थानीय तहमा कति संक्रमित हेर्नुहोस।
प्यूठान नगरपालिका : ७६
माण्डबि गाउपालिका : ६९
स्वर्गद्धारी नगरपालिका :२६
नौबहिनी गाउपालिका : २६
ऐरावती गाउपालिका : ३३
सरुमारानी गाउपालिका ९ जना
मल्लरानी गाउपालिका : ९
झिमरुक गाउपालिका : ७
गौमुखी गाउपालिका : ३