लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा तीन सय ९३ ले गरे आत्महत्या

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१३ असार, काठमाडौं । कोरोनाभाइरस महामारीपछि लकडाउन अवधिमा प्रदेश नम्बर ५ मा तीन सय ९३ जनाले आत्महत्या गरेका छन्।

चैत ११ गतेदेखि जेठ मसान्तसम्मको तथ्यांकले उक्त संख्यामा आत्महत्या देखाउँछ। प्रदेश ५ का १२ जिल्लामा ८२ दिनमा तीन सय ९३ जनाले आत्महत्या गरेका हुन्।

प्रदेश ५ स्थित प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार चैतमा ६९, वैशाखमा एक सय १७ र जेठमा एक सय २७ जनाले आत्महत्या गरेका हुन्।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार झुण्डिएर, विष सेवन र पानीमा डुबेर आत्महत्या गरेको देखिन्छ। उनीहरू सबैजसो उमेर समूहका छन्।

‘आत्महत्या गर्नेमध्ये धेरै कृषक छन्,’ उनले भने, ‘एक सय ४४ जना कृषक रहेछन्।’ आत्महत्या गरेका अन्य मजदुर, गृहणी, विद्यार्थी, यातायात मजदुर, कर्मचारी र राजनीति गर्ने पनि छन्।

यसअवधिमा एक सय ७७ पुरूष, एक सय २९ महिला र ८ जना अन्यले आत्महत्या गरेका हुन्। पारिवारिक कलह, गरिवी, प्रेममा धोका, व्यवसायिक तनावजस्ता कारणले मानिसहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय