गोदावरीखोलास्थित ईट्टाभट्ट आसपासमा सरसफाई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१३ असार, ललितपुर । गोदावरीखोला क्षेत्र सरसफाई अभियानले आज (शनिबार)गोदावरी खोलास्थित ईट्टाभट्टको आसपासमा सरसफाई गरि अभियानले आफ्नो गौरवमय ६९ औं हप्ताको कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरसका कारण सामाजिक दुरिलाई कायम गर्दै अभियानकी संयोजक बेबि राजभण्डारी,अभियानका अभियन्ताहरुले आ-आफ्नो घर-घरमा,टोल-टोलमा र वाग्मती सफाई महाअभियानका अभियन्ता पुष्कल गजुरेल, गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु नारायणी पाण्डे,सुवोध थापा,एन.बी.लिम्बू लगायतका अभियन्ताहरुले गोदावरीखोलास्थित ईट्टाभट्ट वरिपरि सरसफाई गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय