१४ असार, प्युठान। प्युठानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा आईतबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।
संक्रमितहरुमा प्युठान नगरपालिकाका चारजना, मल्लरानी गाउँपालिकाका सातजना, मान्डवी गाउँपालिकाका छजना, सरुमारानी गाउँपालिका पाचजना र स्वर्गद्वारी नगरपालिकाका सातजना छ्न ।
योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।