भरतपुरमा स्कर्पियो दुर्घटना, आमाछोराकाे मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६ असार काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत् भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा सोमबार साँझ भएको स्पकर्पियो दुर्घटनामा परी आमा छोराकै मृत्यु भएको छ ।

गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै सवार बा १३ च ५९२९ नम्बरको स्कर्पियोलाई भारतीय एनएल ०१ क्यू ५१०६ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।

ग्यास बुलेटको ठक्करबाट ४७ वर्षीया प्रभा पौडेल र उनका छोरा १९ वर्षीय अनुज धितालको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना सख्त घाइते भएकी प्रभाको उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर ल्याउने क्रममा सोमबार साँझ बीचबाटोमै मृत्यु भएको थियो ।

छोरा अनुजको भने मेडिकल कलेजमा उपचारको क्रममा आज मंगलबार बिहान मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

स्कर्पियोमा कृष्णसहित पत्नी ४७ वर्षीया प्रभा पौडेल, २५ वर्षीय छोरा अनुज, छोरी वर्षा धिताल र चालक राजन घिमिरे सवार थिए ।

दुर्घटनामा परी चालक घिमिरे गम्भिर घाइते भएका छन् । उनको टाउको र छातीमा चोट लागेको छ । कृष्ण र छोरी वर्षाको स्वास्थ्य अवस्था सामान्वय रहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

घाइते कृष्ण धिताल मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय