
१६ असार, काठमाडौं । झापाको भद्रपुर नगरपालिका-१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमवार साँझ ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।