बिहेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६ असार, काठमाडौं । भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह भएको दुई दिनपछि मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो । विवाह भएको दुईदिनपछि नै उनको मृत्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए । तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।

यो घटनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृत्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए । उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो । तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे । विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

डीएम कुमार रविका अनुसार उनको मृत्युको सूचना एक सातापछि मात्र आएको थियो । त्यसपछि मृतका आफन्त र छिमेकीको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १५ जना कोरोना संक्रमित पाइएका थिए । त्यसपछि विवाहमा सहभागी सबै मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेर तीन सय जनामा परीक्षण गर्दा सोमबार थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बेहुला र बेहुलीका बाबु दुवै शिक्षक हुन् भने बेहुली सिभिल इन्जिनियर रहेको समाचारमा बताइएको छ ।

स्रोत : टाइम्स अफ इन्डिया

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय