द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु,आधा दर्जनभन्दा बढी घाइते

१८ असार, मकवानपुर । चट्याङ लागेर बारामा बिहिवार बिहान चार महिलाको मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा बिहिबार बिहान धान रोपिरहेका चारजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा कलैया उपमहानगरपालिका- १२ की ४५ वर्षीया अलिमा खातुन ,३५ वर्षीया आशा देबी, फेटा गाउँपालिका- १ की ३० वर्षीया इन्दु देबि,र ४० वर्षीया सुनरपती देबि रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यसैगरी घाइते हुनेहरूमा फेटा गाउँपालिका १ का बच्वा देबि,राजपती देबि,कान्ति देबि,उमा देबि,लीला देबि,शिला देबि,र शोशिता देबि घाइते भएको र उपचारका लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय