२० असार, प्युठान । प्युठानमा टिप्पर दुर्घटना हुदा चालक र सह-चालक गरि दुइजनाको घटनास्थलमै मृत्युु भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिका-६ पिपलटारीका चालक रोशन थापा र सह-चालक झाकेन्द्र पुनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुप्लुङ्गबाट कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो ।
घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।