चिनियाँ विदेश मन्त्रालयले भन्‍यो – भारतमा रहेका चिनियाँ कम्पनीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्छौं

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२० असार, काठमाडौं । चीनले दुई मुलुकबीचको सम्बन्धमा थप विवाद सिर्जना नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङका क्रममा भारतमा सञ्‍चालनमा रहेका चिनियाँ कम्पनीको सुरक्षाका लागि आवश्यक जुनसुकै कदम चाल्‍न पनि तयार रहेको बताएका छन् ।

भारत-चीन सीमा विवादपछि भारतले ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाउनुका साथै आगामी परियोजनाहरुमा चिनियाँ कम्पनीलाई संलग्‍न नगराउने निर्णय गरेपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झओ लिजियानले भने, “चीन र भारतबीच पारस्पारिक सहयोगले व्यवहारमा फाइदा पुर्‍याउँछ र ‘विन-विन’ हुन्छ । दुवै देशबीचको सहकार्यमा मानव निर्मित अवरोधले डब्ल्यूटीओ नियमको उल्लंघन गर्छ र यसले भारतको आर्थिक वृद्धिमा नोक्सान पुर्‍याउनेछ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार चीनतर्फ संकेत गर्दै विस्तारवादको युग सकिएको बताएका थिए । उनले भारतीय सेनाको प्रशंसा गर्दै चीनलाई कमजोर भएको संकेत गरेका थिए । उनले भनेका थिए, “कमजोरहरुले शान्तिका पहल गर्न सक्दैनन, जुन काम साहसीले गर्न सक्छन् ।”

सिङगुवा विश्वविद्यालय बेइजिङको राष्ट्रिय रणनीति संस्थाका निर्देशक चियाङ फेङले भारतीय प्रधानमन्त्री मोदीले आफूलाई ‘बलियो’ देखाउन खोजेको टिप्पणी गरेका छन् । उनले भने, “प्रधानमन्त्री मोदीले अग्रमोर्चाको तयारी गर्ने र आगामी कदम कसरी चाल्‍ने भन्‍ने तयारी गर्नुपर्छ ।”

यस विषयमा विदेश मन्त्रालयका प्रवक्ता लिजियाले सीमा समस्या समाधानका लागि दुबै मुलुकका प्रतिनिधिबीच वार्ता जारी रहेको र वार्तामार्फत नै समस्या समाधान गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय