२० असार, गुल्मी । शुक्रवार गुल्मीमा पहिरोमा परेर घाइते भएका ५ जनाको काठमाडौंमा उपचार गरिएको छ । पूर्वमन्त्री तथा संसद गोकर्ण बिष्ट पहिरो प्रभाबित क्षेत्रमै पुगेर राहत सामाग्री सहित स्थलगत अनुगमन गरेर रथप उपचारको लागि काठमाडौं पठाइएको हो ।
मन्त्री बिष्टले प्रभावित क्षेत्रमा पुगेर मृतक प्रति दुखः व्यक्त गर्दै घरबार बिहिन भएकाहरुलाई सहयोगमा जुटन आग्रह गरे । मन्त्री बिष्टले शुक्रवारनै घाइतेहरुलाई लिएर काठमाडौं लगेका हुन् ।पहिरोमा परेर उपचारको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउन सक्ने अबस्था नभएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । पहिरोमा २ परिवारका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
घाइतेहुनेहरुमा खत्री परिवारका ५ वर्षका आयुष खत्री, २९ वर्षकी इश्वरा खत्री, ६४ वर्षका टिका खत्री, ९० वर्षकी पुतली खत्री, सारु परिवारका २१ वर्षकी सृजना सारु, २५ वर्षका बसन्त सारु रहेको प्रहरीले जनाएको छ । घाइतेहरु ४ जनाको काठमाडौं स्थित शैनिक अस्पतालमा र १ जनाको टिचिङ्ग अस्पतालमा उपचारको लागि भनाई गरिएको छ । अबिरल वर्षासँगै गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीम गएराती पानीसँगै पहिरोमा परेर १८ महिनाका सिजन सारु र ७ बर्षकी अपेक्षा खत्रीको मृत्यु भएको थियो । घाइतेहरु ४ जनालाई पहिरो प्रभावित क्षेत्रबाटै र २ जनालाई उपचारको लागि तम्घास लगिएकोमा सोहि स्थानबाटै उपचारको लागि पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
पहिरोबाट २० घर भन्दा वढिमा क्षती भएको छ । पहिरोबाट सिङ्गो गाउँ नै ११६ घर जोखिममा रहेको छ । घर माथीबाट गएको पहिरोमा परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर–२ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता लागेको छैन् ।पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार गरेका थिए ।