२० असार, ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोमा आज(शनिबार) ठेचाे सहकारी समन्वय समितिकाे तेश्राे वार्षिक साधारण सभा फ्रेण्डस बचत तथा ॠण सहकारी संस्थाको सभा हलमा सम्पन्न भएको छ।
तेश्रो वार्षिक साधारण सभाले समितिको अध्यक्षमा चन्द्र गोविन्द महर्जनलाई निर्विरोध निर्वाचित गर्दै उपाध्यक्ष हरि भट्टराई,सचिव वसन्त माली,सहसचिव लक्ष्मीतारा डंगोल,कोषाध्यक्ष बुद्धिबहादुर महर्जन,सदस्यहरुमा कृष्णबहादुर महर्जन,लक्ष्मीभक्त महर्जन,नवराज महर्जन,हिराकाजी महर्जन,राजकुमार महर्जन,कवि बस्नेत,चक्रबहादुर महर्जन,जयराम महर्जन,निर्मला क्षेत्री,कृष्णगोपाल महर्जन र सुरेश महर्जनलाई निर्वाचित गरेको जनाएका छन् ।
सामाजिक दुरिलाई कायम गर्दै गरिएको ठेचो सहकारी समन्वय समितिको सम्पन्न तेश्रो वार्षिक साधारण सभाले समितिको सल्लाहकारमा सानु महर्जनलाई निर्विरोध निर्वाचित गरेको समितिले जनाएको छ ।