आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२२ असार, काठमाडौं । आजदेखि ५० रुपैयाँको नयाँ नोट नेपाल राष्ट्र बैंकले चलनचल्तीमा ल्याउने भएको छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्मका नयाँ नाेट बजारमा आउने छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय