काठमाडौं । साइबर सुरक्षा फर्म ईभिनाले गूगलका लागि त्यस्ता एपहरुको बारेमा एउटा अलर्ट जारी गरेको थियो, जसले फेसबुक प्रयोगकर्ताको लग ईन सहितका डेटा चोरी गर्दै आएका थिए । सोही अलर्टपछि गूगलले त्यस्ता २५ वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको हो ।
ती एपहरुमा मालवेयर (भाइरस) रहेको थियो, जसले प्रयोगकर्ताको फेसबुक लग ईन विवरणहरू चोरी गर्दै आएको थियो। यी २५ वटा एप कूल २० लाख प्रयोगकर्ताले डाउनलोड गरेका थिए ।



यस्ता एपहरुमा अधिकांश फाइल म्यानेजर, फ्ल्याश लाइट, वालपेपर म्यानेजर, स्क्रीनशट एडिटर, मौसम सम्बन्धी सेवा अफर गर्नेहरु रहेका छन् । साइबर सुरक्षा फर्म ईभिनाले यी २२ एपहरुको बारेमा जानकारी दिँदै भनेको छ कि यी एपहरु यदि तपाईंको मोबाइलमा छन् भने तुरुन्त डिलिट गर्नु बुद्धिमानी हुनेछ ।
यस्ता छन् गूगलको प्रतिबन्धमा परेका २५ एप
१. सुपर वालपेपर फ्ल्याश लाइट

२. प्याडन्याटेफ

३. वालपेपर लेवल
४. काउण्टर लेभल वालपेपर
५. आईप्लेयर एण्ड आईवालपेपर
६. भिडियो मेकर

७. कलर वालपेपर
८. पेडोमिटर
९. पावरफुल फ्ल्याश लाइट
१०. सुपर ब्राइट फ्ल्याशलाइट
११. सुपर फल्याशलाइट
१२. सोलिटायर गेम

१३. एक्युरेट स्क्यानिङ अफ क्यूआर कोड

१४. क्लासिक कार्ड गेम

१५. जङ्क फाइल क्लिनिङ

१६. सिन्थेटिक जेड

१७. फाइल म्यानेजर

१८. कम्पोजिट जेड

१९. स्क्रीनशट क्याप्चर

२०. डेली होरोस्कोप वालपेपर
२१. वाक्सिया रिडर

२२. प्लस वेदर