विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ३९ हजार नाघ्यो,६४ लाख ३३ हजारबढी कोरोनामुक्त

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२३ असार, काठमाडौं । विश्वभर ६६ लाख ४२ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

१ करोड १७ लाख ३९ हजार १ सय ७१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ६६ लाख ४२ हजार ३ सय ६६ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । यस्तै, संक्रमितमध्ये ५ लाख ४० हजार ६ सय ६० जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ४५ लाख ५६ हजार १ सय ४५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ हजार ९ सय ७८ जनाको अवस्था गम्भिर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ३० लाख ४० हजार ८ सय ३३ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३२ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १३ लाख २४ हजार ९ सयभन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १६ लाख २६ हजार बढी, भारतमा ७ लाख २० हजार बढी र रसियामा ६ लाख ८९ हजार बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय