२३ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अवरुद्ध स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भएको कुराकानीमा स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी भएको छ ।
असार १४ गते मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतले ढाल्न खोजेको अभिव्यक्ति दिएपछि बैठकमा गतिरोध आएको हो ।