मकवानपुरमा खोलामा डुबेको अवस्थामा शव भेटियो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२४ असार, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा खोलामा डुबेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । उक्त शव बागमती गाउँपालिका वडा नं- १ बस्ने ५८ वर्षीय दावा छिरिङ लामाको रहेको छ ।

रौतहट माईली छोरीको घरबाट बागमती गाउँपालिका-३ स्थित जेठी छोरीको घरमा आउने क्रममा गत १९ गतेदेखि बेपत्ता भएका उनको शव फेला परेको हो ।

मंगलबार बिहान ९ बजे साही गाउँपालिका वडा नं-३ घाट्टेडाँडा स्थित चिरुवा खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार घटना स्थलमा ईलाका प्रहरी कार्यालय फापरबारिको टोलि पुगेर आवस्यक कानुनी प्रक्रिया पुरा गरि शव परीक्षणका लागि हेटौंडा ल्याइएको र घटनाको थप अनुसन्धान भइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय