नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, २५३ डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२४ असार, काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय