२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धार टोली पठाउन आग्रह गरेका छन्।
त्यस्तै उनले उद्धारमा खटिन कांग्रेसका नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिएका छन्। देउवाले ट्वीट गर्दै थप मानविय र भौतिक क्षति हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन्।
‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु,’ उनले लेखेका छन्, ‘सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’