गण्डकीमा थप २० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ११४९ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१५ असार, काठमाडौं । गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष र भीसेनथापा गाउँपालिकाकी एक महिला रहेका छन् ।

यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय