ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२५ असार, काठमाडौं । ओखलढुङगाको सिद्धिचरण नगरपालिका-८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे सिद्धिचरण राजमार्गमा दुर्घटना भएकाे छ ।

दुर्घटनामा ट्रक चालक दोलखा जिरी नगरपालिका-४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय