गुल्मीमा थपिए चारजना कोरोना संक्रमित, हालसम्म तीनजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२६ असार, काठमाडौं । गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

थपिएकाहरुमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष छन् । मितजना संक्रमित थपिएपछि जिल्लामा ३४८ जना पुगेका छन् । २६५ जना संक्रमित कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

जिल्लाबाट १ हजार ७ सय ६८ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ३०३ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय