२७ असार, काठमाडौं । तनहुँमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
भारतबाट ४ दिनअघि आएर भानु नगरपालिका–२ स्थित शारदा कलेजस्थित क्वारेन्टाइनमा बसेका ६६ वर्षीय पुरुषको उपचारका लागि पोखरा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
शनिबार बिहान अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
उनी भानु उच्च रक्तचाप, दम र सुगरका बिरामीसमेत रहेका थिए । अकस्मात सास फेर्न गाह्रो भएपछि उनलाई एम्बुलेन्समार्फत पोखरा ल्याउने क्रमामा मृत्यु भएको उपरीक्षक तिमिल्सेनाले बताए ।