२८ असार, काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । आठवटा घर बगेका छन् ।
बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा डीएसपी नवराज मल्लले जानकारी दिए । उनका अनुसार पहिरोमा हराइरहेकाहरुको खोजी जारी छ ।
जिल्ला सदरमुकामा विभिन्न स्थानमा पनि पहिरोले क्षति पुर्याएको छ । ठाउँठाउँमा पहिरो जाँदा उद्धारकार्यमा टोली परिचालन गर्नसमेत समस्या भएको डीएसपी मल्लले बताए । लगातारको वर्षा र विभिन्न स्थानमा गएको पहिरोले जनजीवन प्रभावित भएको उनले बताए ।