
२८ असार, प्युठान । आइतबार प्युठानमा पुन ठूलो संख्यामा सलहको हुल प्रवेश गरेको छ । दाङबाट प्युठानको सरुमारानी गाउँपालिका हुदै सलह भित्रिएको हो ।
सरुमारानीका स्थानिय बासिन्दाका अनुसार गाउँ नै ढाक्ने गरि सलह किरा आकाशमा उडेको देख्नासाथ खेतबारीमा पुगेर किसानहरुले भाडा बजाउने र आगो बालेर धुँवा निकालि सलह भगाउन थालेका छन् ।



एक साता अघि आएको सलहले जिल्लाको ४ सय ३१ हेक्टर कृषी बालीमा क्षति पुर्याएको थियो। केहि समय वर्षाको कारण सलह किराहरु देखिन छोडे पछि हर्षित भएका किसानको खुसी गुमेको छ ।
आकाशमा उडिरहेको सलहको हुलले यो समाचार तयार गर्दासम्म कुनै क्षति पुर्याएको छैन ।