हुँदापनि बिकाशको श्रोत भरपुर देशमा,
बहादुर वीर पौरखी हुँदा मजदुर देशमा।
गर्न सकिनन बिकाश रत्तिभर कसैलेनी,
बिदेशिले भेट्छ अमूल्य कोइनूर देशमा।
सदियौँ लड्यौँ लडाईयौँ कुरिती जोगौन,
बनाउँनै सकिनौँ सम्बन्ध समुधुर देशमा।
छाडेर कु सँस्कार बनाउँ अखण्ड बसेरा,
मिलेर बडे हुँने छ बिकास जरुर देशमा।
दोशी कोइ छ भने सामन्ति सँस्कारनै छ,
जनता सोजा साजाछन बेकसुर देशमा।
बोलाउ सरकार बिदेश बाट युवा शक्ती,
उनीहरु छन फर्किनलाई आतुर देशमा।
छाड राहदानी देउ त युवा लाई रोजगार,
यहि माटोमा फल्ने छ शुन हजूर देशमा।