थप तीन निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ असार, काठमाडौं । सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो।

काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी प्रयोगशाला छन्।

यसअघि पनि काठमाडौंका तीन वटा प्रयोगशालालाई परीक्षण अनुमति दिइएको थियो। जसमा कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब, केएमसी अस्पताल र स्टार अस्पतालको प्रयोगशाला छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय