
२९ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७ जना कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक/एकजना रहेका छन् ।