नेपाली युवतीका अश्लील भिडियो अपलोड गरेको आरोपमा एक जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ असार, काठमाडौं । पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो। सुरजले ब्लुसंसार डटकम नामको पोर्न साइट खोलेर चितवनकी एक युवतीको अश्लील भिडियो अपलोड गरेको ब्युरोले जनाएको छ।

श्रेष्ठलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लिखित कसूर बमोजिम पक्राउ गरिएको हो।

उनलाई ब्युरोले पक्राउ गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त,दरबारमार्ग पठाइएको छ।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद समेत थपिसकेको छ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार सुरजविरुद्ध अदालतबाट ७ दिनको म्याद थप भएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय