प्युठानमा थप तीनजनामा कोरोना पुष्टि, १९ जना डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

असार २९, प्युठान । प्युठानमा थप तीनजनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा सोमबार प्युठानका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

संक्रमित मध्ये प्युठान नगरपालिकाका एकजना र एरावती गाउँपालिकाका दुईजना गरि थप तीनजना नयाँ संक्रमित भेटिएका हुन । योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ३३१ पुगेको छ ।

सोमबार नै १९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । निको भई डिस्चार्ज हुनेमा ऐरावती गाउँपालिकाका ११ जना र सरुमारानी गाउँपालिकाका आठजना रहेका छन् ,भने हालसम्म प्युठानमा कोरोना मुक्त हुनेको संख्या २९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय