संसदीय छानबिन समितिको निष्कर्ष : चौरजहारी घटना नियोजित रुपमा गरिएको सामूहिक हत्या

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० असार, काठमाडौं । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ ।

अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।

प्रतिवेदनको निष्कर्षको सारबारे जानकारी दिँदै समितिका एक सदस्यले ले भने, ‘घटना जातीय भेदभावमा आधारित नै हो । यो भवितव्य नभएर नियोजित हो । सामूहिक रुपमा आक्रमण गरेर सामूहिक हत्या गरिएको छ । यसमा वडाध्यक्षको नेतृत्व देखिन्छ र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामा लापरवाही छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय