३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या भारतमा नभई नेपालमै पर्ने भनी दिएको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता (भाजपा) पार्टीले आपत्ति जनाएको छ।
भाजपाका राष्ट्रिय प्रवक्ता बिजेशंकर शास्त्रीले भगवान राम आफूहरूको आस्थाको विषय भएको र यसबारे नेपालका प्रधानमन्त्री या अरु कोहीले खेलवाड गर्न नसक्ने बताएका हुन् ।
द टाइम्स अफ इन्डियाका अनुसार शास्त्रीले रामबारे भारतकै वामपन्थीहरूले पनि खेलवाड गरिरहेको र नेपालका कम्युनिष्टहरूले पनि सोही सिको गरेको आरोप लगाएका छन्।