
३० असार, काठमाडौं । डिएआर मुभिजले ‘हाम्रो गीत’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेको छ ।
प्रभावन जेको लय, शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ ।



जीवन बडुले म्युजिक एरेन्ज गरेको सो गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रभावन जेको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुनुवार, मुकेश घतानी र साथमा साथीहरुको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईको उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृगार रहेको छ भने उक्त गीतको भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।
गीतको भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=1oC9ZuwEmg0