प्युठानमा करदाता सेवा कार्यालय स्थापना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ साउन, प्युठान। प्युठानमा कर सम्बन्धि सेवा प्रवाह गर्ने उद्धेश्यले करदाता सेवा कार्यालय स्थापना भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका-३ स्थित जस्पुरमा प्युठान र रोल्पाका सेवाग्राहीलाई टेवा पुग्ने उक्त कार्यालय स्थापना गरिएको हो ।

अबदेखी आयव्यय विरण, कर दाखिला, प्यान दर्ता-नविकरण, खारेजी लगायतका कर सम्बन्धि कामका लागि दाङको तुलसिपुर जानुपर्ने प्युठान र रोल्पावासीको बाध्यता टरेको छ । कार्यालयबाट कर सम्बन्धि सेवा सहज रुपमा उपलब्ध हुने कार्यालय प्रमुख कर अधिकृत रामहरी मरासिनिले बताउनुभयो ।

गत आवको असार १७ गतेदेखि जिल्लामा हाजिर भएर व्यवस्थापनको काम गरीरहनुभएका कर अधिकृत मरासिनिले साउन १ गतेबाट विधिवत सेवा सुरु भइसकेको जानकारी दिनुभयो । यी जिल्लावासीका लागि तुलसिपुरबाट गरीने करिव ९० प्रतिशत काम यहाँको सेवा कार्यालयवाट हुने उहाँको भनाइ छ ।

सेवा कार्यालय खुलेपछि प्युठान र रोल्पा जिल्लाका उद्योगी व्यवसायीलाई धेरै सहज हुने प्युठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो ।

लकडाउनका कारण छुट पाए पनि यहाँका उद्योगी व्यवसायी कर कार्यालय पुग्न नपाएको जानकारी गराउउदै अबदेखि सेवा कार्यालयबाट उक्त छुट समेत सहज रुपमा लिन पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय