बाल शिक्षा मा.वि. मा टोल समुदाय पठनपाठन संचालन: प्युठान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ साउन, प्युठान । प्युठानको बाल शिक्षा माध्यमिक विद्यालयले विद्यार्थीहरुको पठनपाठन टोल- समुदायमा संचालन गर्ने निर्णय गरेको छ ।

जिल्लाको झिमरुक गाउँपालिका-५ मा रहेको उक्त विद्यालयले यहीँ साउन ५ गतेदेखि पठनपाठन सुरु गर्न लागेको विद्यालयका प्रधानाध्यापक ऋषिराम पोख्रेले जानकारी दिनुभयो ।

कोरोना भाइरसको कारणले लकडाउन सुरु भइ विद्यालय बन्द गर्नुपरेकोले विद्यार्थीको पठनपाठनमा पर्न गएको असर मध्यनजर गर्दै उक्त योजना तय गरिएको हो ।

प्र.अ. पोख्रेलका अनुसार प्रत्येक टोल-टोलका लागि छुट्टाछुट्टै शिक्षक समुह बनाउनुका साथै सबै अभिभावकलाई विभिन्न माध्यमबाट पुर्व सुचना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय