
३ साउन, पोखरा । शनिबार गण्डकी अस्पताल पोखरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको पैयुँ गाउँपालिका–६ का ५२ वर्षीय पुरुष रहेका छन् । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टिममा पठाइएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।
असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । क्वारेन्टिनमै बसेको समयमा श्वासप्रश्वासमा समस्या आएर बेहोस भएपछि उनलाई हिजो अस्पताल पुर्याइएको थियो ।



उनी उच्च रक्तचापको विरामी रहेको बताइएको छ ।