प्युठानमा ट्याक्टर दुर्घटना: सातजनाको मृत्यु, एकजना घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

४ साउन, प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुदा सातजनाको मृत्यु भएको छ । जम्मा आठजना सवार उक्त ट्याक्टरमा एकजना सामान्य घाइते अवस्थामा छन् ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–५ वाईजाका, अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिम बहादुर बस्नेत, १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, २१ वर्षीय गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुवरको पनि मृत्यु भएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

ट्याक्टर सडक भन्दा अन्दाजी ५०० मिटर तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय