४ साउन, काठमाडौं । छापावाल सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।