ताराबहादुर कुँवरले आज १४ औ चरणको राहत वितरण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बाफल काठमाडौंका ताराबहादुर कुँवरले आज १४ औ चरणको राहत वितरण गरेका छन् । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले मानिसको दैनिक जीवन संकटमा परेकोले केही सहयोग गरेको उनी बताउँछन् ।

प्रत्येक शनिबार आफ्नै घरमा उनले समस्यामा परेकालाई चामल, दाल, तेल, चिनी, आलुलगायतका सामग्री उपलब्ध गराउने गर्छन् । उनले दुख पाएको र अभावले छटपटिएको मानिसलाई थोरै भए पनि हसाउनु र जीविकोपार्जनमा सहयोग गर्नु कर्तव्य भएको बताएका छन् । सुरुका दिनमा अत्यावश्यकीय धेरैजसो सामग्री वितरण गरेका उनले बीचमा केही समय भने चामलमात्र बाँडे । चामल मात्र दिएर अरु सामग्री कसरी जुटाउने भनेर पीडितहरुले प्रश्न गर्न थालेपछि उनको मन फेरि पग्लियो र पुरानै अवस्थामा फर्किएर राहत वितरण गर्न थाले ।

उनी एउटा मानिसलाई समस्या पर्दा अर्को हाँसेर बसिरहने प्रवृत्तिको विरोध गर्छन् । आफ्नो मिहिनेत र व्यापार व्यावसायबाट आएको पैसा समाजसेवामा खर्चेको उनी स्पष्ट पार्छन् । आफूसँग आएपछि कोही पनि भोकै पर्नु पर्दैन भनेर सार्वजनिक रूपमा नै भन्दै आएका उनले त्यसलाई व्यवहारमा पनि परिणत गरेर देखाइदिएका छन् । उनले लकडाउन रहेसम्म नै राहत वितरण गर्ने जनाएका छन् ।

राहत वितरणमा खिचिएका तस्विर फेसबुकमा हालेको विषयलाई लिएर बेलामौका आलोचना खेपेका उनले अरुलाई पनि प्रेरणा जागोस् भनेर बुझेर नै फोटो पोस्ट गरेको प्रतिक्रिया दिएका छन् । नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, हजुरलाई नमस्ते ट्रेड लिन्कका सन्चालक उनी जीवनमा केही गरेर देखाएमात्र वास्तविक रुपमा जीवन सार्थक हुने धारणा राख्छन् । उनले चलाएको राहत वितरण अभियानमा पछिल्लो समयमा विभिन्न व्यक्ति र संस्थाले पनि सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय