नेपालमा थप १५६ जनामा कोरोना पुष्टि, ५८ जना डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

४ साउन, काठमाडौं । आइतबार नेपालमा थप १५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय