सल्यानमा एक स्वास्थ्यकर्मी सहित थप तीनजनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५ साउन, सल्यान । सोमबार सल्यानका थप तीनजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका थप तीनजनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर-२ र १५ का एक/एकजना पुरुष र एकजना स्वास्थ्यकर्मी सहित थप तीन जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।

योसँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३७ पुगेको छ भने हालससम्म जिल्लामा २ सय १७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय