५ साउन, काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारका एक मनकारी दम्पतीले आफ्नो घरमा पेशा व्यवसाय गरी बसेका व्यवसायीलाइ तीन महिनाको घरभाडा छुट दिएका छन् । बसपार्क घर भएका बिष्णु प्रसाद सापकोटा दम्पतीले घरभाडा छुट दिएका हुन् । कोरोना भाइरस र यस सँगै भएको लकडाउनकोे कारण व्यापार व्यवसायमा प्रत्यक्ष मार परि आम्दानी नभएको भन्दै व्यपारीको मर्कालाइ बुझी तीन महिनाको १२ हजार रुपैया घरभाडा मिनाहा गरिदिएको जानकारी दिए ।
यो सँगै उनको घरमा व्यापार व्यवसाय गरी बसेकाहरुलाइ सहयोग भएको छ ।
३ महिना सम्म सटर बन्द गरेर बसियो, एक रुपैयाको पनि ब्यपार गर्न सकिएन, सापकोटाको सटरमा शैलुन सञ्चालन गरी बसेका राजकुमार चौधरीले भने घरभेटी वुवाले तीन महिनाको भाडा छुट दिनुभो, ३ बर्षकै छुट दिए जस्तो भो ।
असार महिनाबाट ब्यापार केही रुपमा पनि सञ्चालन गरेको कारण आउने महिनामा भने केही राहत हुने उनले बताए ।
यसैबिच यस बिचमा ब्यापार ब्यबसाय या अन्य कुनै शिलशिलामा आफ्नो घर भाडामा दिएका वामीकै केही अन्य ब्यक्तिहरुले पनि घरभाडा छुट गरेका छन् । सरकारले पनि सबै घरभेटीहरुलाइ घरभाडामा सहुलियत दिन आग्रह गरेको छ ।