प्युठान । प्युठानका कृषकले १० क्वीन्टल सलह जम्मा गरेका छन् ।
जिल्लाको नौ बहिनी गाउँपालिका वडा-१ स्याउलिवाङका स्थानीयले करिब १० क्विन्टल सलह जम्मा गरि वडा कार्यालयलाई बुझाएको नौबहिनी गाउँपालिका वडा नंबर १ का अध्यक्ष शेर बहादुर सेनले जानकारी दिनुभयो ।
जिल्लाको नौ बहिनी गाउँपालिकाले सलह समात्ने किसानलाई प्रति किलो ५० रुपैयाँका दरले रकम उपलब्ध गराउने भनेपछि उनीहरुले सलह जम्मा गरेका हुन् ।
यसअघि सलह जम्मागरि ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ उपलब्ध गराउने प्रदेश ५ सरकारले निर्णय गरिसकेको थियो ।
सलहले मकै, भर्खर रोपेको कोदो, धान लगायत विभिन्न तरकारी बाली नस्ट गरेपछि किसानहरू आजित भएका छन् ।