
६ साउन, काठमाडौं । धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर-६ आगिञ्चोकमा मंगलबार बिहान अविरल बर्षासँगै आएको पहिरोले घर पुरिदाँ २२ वर्षीया सम्झना खाँण, २५ वर्षीय मिलन खाँण र उनीहरुको डेढ वर्षीय छोराको मृत्यु भएको हो ।



अहिले घटना स्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयाे ।