नेकपाको स्थायी कमिटी बैठक साउन १३ गते सम्मका लागि स्थगित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटक–पटक स्थगित हुँदै आएकाे स्थायी कमिटी बैठक मंगलबार केही मिनेट मात्र बसेर फेरि स्थगित गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार दिउँसो सुरु भएको बैठक केही मिनेट मात्र चलेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थगित भएको सूचना दिएका थिए ।

केही मिनेट मात्र गरिएको उक्त बैठकमा बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

बैठकमा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेकको र बैठक यहीँ साउन १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय