आज ३८ औं बिपी स्मृति दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाइयो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

६ साउन, काठमाडौं । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (बिपी) को ३८ औं स्मृति दिवस मंगलबार बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

दिवसका अवसरमा बिपी कोइराला स्मृति ट्रष्टले काठमाडौंमा माल्यार्पण कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सहभागीहरुले कोइरालाको योगदानको चर्चा गरेका थिए । यसैगरी काङ्ग्रेसका भातृ संगठनहरुले पनि बिभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेका थिए ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइराला २०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएर देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका भएका हुन् ।

नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको ६ साउन २०३९ सालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय