बुधबार सुनको मुल्य तोलामा १३०० रुपैयाँले वृद्धि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ साउन,काठमाडौं । बुधबार सुनको मुल्य तोलामा १३०० रुपैयाँले रुपैयाँले वृद्धि भएको छ । यो हालसम्मकै सर्बोच्च विन्दु हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो । यस अघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु. ९३ हजार ५६० तोकिएको छ । आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १०४० रहेको थियो । तर, आज प्रतितोला ११३५ रुपैयाँ पुगेको महासंघको भनाइ छ । चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।

नेपाली बजारमा सुनको मुल्य यति हुदाँ अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंश (२.६६ तोला) १८५६ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय